site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीले दिए पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सरिफलाई बधाई

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।

मतदानमा व्यापक धाँधली भएको दाबीपछि सरिफले सोमबार औपचारिक रूपमा दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका थिए । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का सेना समर्थित ७२ वर्षीय सरिफले सबैभन्दा धेरै सिट जित्ने कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका बफादारहरूलाई सरकारबाट बाहिर राख्न आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र धेरै साना गुटसँग गठबन्धन गरेर सरकार बनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भनेका छन्, “पाकिस्तानका प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा शहबाजलाई बधाई ।”

भारत र पाकिस्तान लामो समयदेखि राजनीतिक तनावसँगै कट्टर प्रतिद्वन्द्वी हुन् । सन् १९४७ मा उपमहाद्वीपको विभाजनबाट अलग भएपछि दुवै मुलुकले तीन युद्ध र धेरै साना झडप लडेका छन् ।

यद्यपि, भारतमा सरिफलाई उनका पूर्ववर्ती खानको तुलनामा नयाँ दिल्लीप्रति अधिक मिलनसार व्यक्तिका रूपमा हेरिन्छ । वरिष्ठ पाकिस्तानी राजनीतिज्ञका रूपमा असामान्य तवरले सरिफले सन् २०१३ मा भारतको भ्रमण गरेका थिए । त्यति बेला उनी पाकिस्तानको प्रभावशाली पञ्जाब प्रान्तको मुख्यमन्त्री थिए ।

उनले सीमाको भारतीय भूभागमा आफ्नो परिवारको पैतृक गाउँको भ्रमण गरे । र, नयाँ दिल्लीमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरे । हिन्दु राष्ट्रवादी नेताका रूपमा सत्ता सम्हालेको एक वर्षपछि सन् २०१५ मा पाकिस्तानको आश्चर्यजनक भ्रमणका क्रममा मोदीले सरिफ परिवारको विवाहमा भाग लिएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री एवं सरिफका दाजु नवाजले स्वागत गरेका थिए ।

अप्रिलमा सम्भावित आमनिर्वाचनमा तेस्रो कार्यकालका निम्ति प्रयासरत लोकप्रिय नेता मोदीको नेतृत्वमा भारतमा हिन्दु राष्ट्रवादी भावना बढेको छ ।

भारतले आफ्नो नियन्त्रणमा रहेको कस्मिरको भागमा पकड राख्ने प्रयासमा विवादपछि सन् २०१९ मा खानको प्रधानमन्त्रीत्वकालमा दुवै मुलुकले कूटनीतिक सम्बन्धलाई घटाएका थिए । हिमाली क्षेत्र कस्मिर दुवै मुलुकबीच विभाजित छ । र। दुवैले यसमाथि दाकी गर्छन् । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro