site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान गठबन्धनका सूत्रधार ओली नै हुन्, व्यवहार सुधार्नुपर्छ : वामदेव गौतम

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद रहेको बताएका छन् ।

सोमबार नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र) सम्मिलित कम्युनिस्ट गठबन्धन बनेकामा आफूलाई खुसी लागेको उनले उल्लेख गरे । यो गठबन्धनलाई ‘अन्तिम’सम्म टिकाउनुपर्नेमा उनले जोड दिए ।

वर्तमान सत्ता गठबन्धन टिकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तो अस्थिरता कम्युनिस्ट गठबन्धनपछि देखाउनु नहुने उनले बताए । ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री प्रचण्डले पुनः नेपाली कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

उनले अहिले अप्रत्याशित रूपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको पनि बताए ।

न्युज एजेन्सी नेपालसित उनले व्यक्त गरेको भनाइ पढ्नोस्–
अप्रत्याशित हो । हिजोको सत्ता गठबन्धनको परिवर्तन र नयाँ सत्ता गठबन्धनको स्थापना अप्रत्याशित छ । यो कसैले चाहेका थिएनन् । एकातिर प्रधानमन्त्री छँदै छन्, त्यहाँ पहिलो पनि दुई महिनाजति केपी ओलीको गठबन्धनमा सामेल भएर प्रधानमन्त्री बन्नुभएको व्यक्ति । यहाँ प्रधानमन्त्री भएर काम गरिरहनुभएको छ । त्यस्तो अवस्थामा, त्यसरी गठबन्धन तोडेर फेरि अर्कोतिर जान सक्नुहुन्छ भनेर कसले कल्पना गरेको हुन्छ र ? सबैको निम्ति अप्रत्याशित भयो । यस्तो घटनाको निम्ति वातावरण धेरै पहिलादेखि बनिरहेको हुन्छ । सिर्जना हुने अलि लामो समय हुन्छ । तर, घटना स्वाट्ट घट्दा अप्रत्याशित लाग्छ ।

कांग्रेस कांग्रेस भएरै अघि बढ्नुपर्छ, बीपीको विचारधारा लिएरै कांग्रेस अघि बढ्नुपर्छ । कम्युनिस्ट कम्युनिस्ट भएरै अघि बढ्नुपर्छ । आफैँ जनताको बीचमा जानुपर्छ । जनतामा प्रतिबद्ध हुनुपर्छ, जनताका कामहरू गर्ने गरी आउनुपर्छ । कांग्रेस पनि त्यही किसिमले आउनुपर्छ । अहिले राजनीतिक अभिष्ट के देखियो भने कम्युनिस्टहरू एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिन्छ भन्ने विषय बन्न सक्छ । नेपाली कांग्रेससँग गएपछि त्यो बन्दैन । नेपाली कांग्रेस नयाँ पुँजीवादी व्यवस्थाको वकालत गर्ने पार्टी हो ।

पुँजीवादसहितको समाजवाद निर्माण गर्ने बाटोमा नेपालका कम्युनिस्टहरू जानुपर्छ । त्यो परिस्थिति सिर्जना भएको छ । जनतासँग मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री पाउनको निम्ति जे पनि गर्ने, त्यस्तो किसिमको गर्नु हुँदैन । अहिले पनि कम्युनिष्ट र कांग्रेस मिलेर जाने स्थिति छ । यो स्थिति अन्त्य भइसकेको छैन । मिल्ने स्थिति पनि तुरुन्तै बन्छ र छुट्टिने स्थिति पनि तुरुन्तै बन्छ । अहिलेलाई यसलाई सकारात्मक ढंगले लिनुपर्छ । कम्युनिस्ट मिलून् र कम्युनिस्टको विचारधाराबमोजिम अघि बढून् ।

अहिलेको गठबन्धनको प्रमुख कारण प्रधानमन्त्री होइन, केपी शर्मा ओली नै हुन् । उहाँले २०८४ भन्दा पहिला आफूलाई कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै एउटा शक्तिको रूपमा अघि सार्न चाहनुहुन्छ । त्यसको निम्ति अरूतिरभन्दा त मुख्य पार्टी नेकपा (माओवादी केन्द्र) नै हो, एमाले पछि । यी दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड केपी ओलीको हो ।

अलिअलि खटपट भइरहेको कांग्रेसका नयाँनयाँ नेताहरूले प्रधानमन्त्रीको आलोचना गर्ने, प्रधानमन्त्री छोडेर जाऊ, केही मतलब छैन, यस्ता प्रधानमन्त्री फेरि अर्को हुन्छ भन्ने कुराहरू उठाउने, शेरबहादुरजी चुप लागेर बस्ने र मौका पर्‍यो भने नयाँ केटाहरूलाई उचाल्दिने गरेकाले प्रचण्डजीको मन बिग्रिएका होलान् । उहाँले पहिला पनि केपी ओलीलाई छोड्न चाहनुभएको होइन, केपी ओलीको व्यवहारका कारणले उहाँ जानुभयो । संसद्को क्याबिनमा प्रधानमन्त्रीको क्याबिन हुन्छ, त्यो क्याबिनमा प्रधानमन्त्रीको कुर्सी छ, त्यो कुर्सीमा गएर बसिदिएर प्रधानमन्त्रीलाई उपर राख्ने, आफू प्रधानमन्त्री बस्ने कुर्सीमा बसेको छ । फेरि पत्रपत्रिका आदिमा आउँछ । गल्ती गरिएछ पनि नभन्ने । भाषण गर्दा पुरानो अवस्थाका कुराहरू कोट्ट्याउने, मैले गरेको ठिकै थियो भन्ने । आफूबाट आफैँ हट्ने स्थिति भयो ।

अहिले पनि त्यस्तै भयो भने स्थिति फरक हुन्छ । किनभने, कांग्रेसहरू चेतेका छन् । जे भन्छन् पाँचै वर्ष प्रधानमन्त्री प्रचण्डलाई भनेर हातखुट्टा सबैले सहीछाप दिन तयार हुन्छन् । केपी ओलीको व्यवहार, छुचो व्यवहार, अपमान गर्ने, कसैलाई पनि अपमान गर्ने, होच्याउनुपर्ने, आफूबाहेक सबै नराम्रो हुन् भन्ने पार्ने त्यस्तो व्यवहार हुन्छ, त्यसले उहाँसँगै गएकाहरू सधैँभर अपमानित महसुस गर्दछन् ।

केपी ओली, शेरबहादुर, प्रचण्डको व्यक्तित्व एकै हो नि । हामी एकै हौँ भन्नुपर्छ नि । त्यो नगर्नाले नै यो सबै बिग्रिएको छ । अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिस्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भुलसुधार गर्नैपर्छ । केपी ओलीकै कारण काखमा पुगेका प्रचण्ड फुत्किएर फेरि कांग्रेसतिर जानुपर्ने स्थिति किन सिर्जना भयो भन्दा प्रचण्डको व्यक्तित्वलाई कहिल्यै सम्मान गर्नु भएन । प्रधानमन्त्री भएको बेलामा सबैभन्दा माथिल्लो तहको व्यक्तित्व छ उहाँको भन्ने ठान्नुपर्छ । उहाँ बस्ने कुर्सीमा बस्दिने, आत्मलोचना छैन । व्यक्तित्वमा आघात पुगेपछि कसैले मान्दैन । उहाँले आफैँ प्रचण्ड हुन्जेलसम्म उथलपुथल हुन्छ, भइरहन्छ भन्नुभयो, त्यसले यतातिर छोडेर उतातिर जान सक्नुहुन्छ भन्ने सन्देश दिएको हो कि भन्ने परेको छ ।

केपी ओली र प्रचण्डले आफूलाई सहमत गराउन सक्ने, संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरेपछि कुनै जोखिम छैन । जनतामा लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ । उत्पादन र निर्माणमा विदेश गएका ६५ लाख सम्मका व्यक्तिलाई तुरुन्तै रोजगारी दिने गरी कार्यक्रम ल्याउनुपर्छ । केपी ओलीले प्रचण्डको सम्मान गर्न जान्नुस् । प्रधानमन्त्री हुँदासम्म प्रधानमन्त्रीको र प्रधानमन्त्री नहुँदा बेलामा आफूजस्तै भूमिका र इतिहास भएको व्यक्तिको महत्त्व घटाउन हुँदैन । र, प्रधानमन्त्रीलाई यताउति अहिलेको जस्तो अब गर्नु हुँदैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro