site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रीतिको घुँडाको सफल शल्यक्रिया, निको हुन तीन महिना लाग्ने !

काठमाडौं । वाफ महिला च्याम्पियनसिपको फाइनलमा चोटको सामना गरेकी नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईको घुँडाको शल्यक्रिया भएको छ । 

प्रीतिले च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध चोटका कारण दोस्रो हाफपछि मैदान छाडेकी थिइन् । उनको दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो ।

सोमबारग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले प्रीतिको सफल शल्यक्रिया गरेको हो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रीतिको शल्यक्रिया सफल भएको र पूर्णरूपमा ठिक हुन विभिन्न कारणमा निर्भर रहने जनाएको छ । 

एन्फाले स्रोतले भने प्रीतिलाई खेलमा फर्किन करिब तीन महिना लाग्ने बताएको छ ।

वाफ च्याम्पियनसिपको सेमिफाइनलको लेबनानलाई २–१ ले हराउँदा इन्जुरी समयमा प्रीतिले निर्णायक गोल गरेपछि नेपालले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro