site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आगलागीमा परी २०० बाख्रा जले, डेढ करोड बराबरको क्षति
प्रतिकात्मक तस्बिर ।

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आज आगलागी हुँदा २०० बाख्रा जलेर मरेका छन् । 

आगलागीका कारण बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट हुँदा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक विनोद खड्काले जानकारी दिए ।

हाई भोल्टेजका कारण विद्युत् लाइन सर्ट भई आगलागी भएको हुन सक्ने स्थानीय मीनराज गिरीले बताए । वैदेशिक रोजगारबाट फर्किएका खड्काले एक करोड रुपैयाँ लगानी गरेर बयर जातका बाख्रा फार्म सञ्चालन गर्दै आएका थिए ।

आधुनिक तरिकाले खोर बनाएर दुई तलामै खड्काले बाख्रापालन गर्दै आएका थिए । खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको एकलाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्म मूल्य पर्छ । रासस

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro