site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको आरोप– कांग्रेसले निजी क्षेत्रलाई सिद्ध्याइदियो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । आइतबार संसद् भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले नेपालमा भएका केही उद्योगहरूलाई पनि निजीकरणका नाममा कांग्रेसले जमानामै सकिदिएको जिकिर गरे ।

कांग्रेसले नेपालमा भएका उद्योगहरूलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको ओलीको आरोप छ । उनले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि नकिनिएको पनि बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

"हामीले औद्योगिकीकरण गर्नुपर्नेछ । दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो । हामीकहाँ दुई चारवटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो । निजीकरण भनेर कांग्रेसले उहिल्यै सिद्ध्यायो, निजी क्षेत्रलाई पनि सिद्ध्याइदियो," उनले भने ।

अध्यक्ष ओलीले एमालेले निजी क्षेत्रलाई विकास र आर्थिक उन्नतिको इन्जिन बनाउन चाहेको दाबी गरे ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement