site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘महाजात्रा’को ट्रेलरमा अनपेक्षित रूपमा प्राप्त पैसा, व्यवस्थापनको उल्झन र परिणाम

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’को ट्रेलर रिलिज गरिएको छ । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

अनपेक्षित रूपमा प्राप्त पैसा, त्यसको व्यवस्थापनमा झेल्नुपर्ने समस्या र परिणाम ट्रेलरमा देखाइएको छ । जिन्दगी व्यवस्थापनका निम्ति आवश्यक पैसा अनपेक्षित रूपमा कतै भेटिए त्यसले दिने समस्याको वरिपरि ट्रेलर घुमेको छ ।

हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत चलचित्रका मुख्य कलाकार ट्रेलरमा देखिएका छन् । 

म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्र प्रदीप भट्टराईको लेखन र निर्देशनमा तयार भएको हो । आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्या चलचित्रको मुख्य कथानक हो । 

चलचित्रमा हरिवंश, विपीन, रवीन्द्रसिंह, रवीन्द्र झा, वर्षासँगै अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङलगायत कलकारको अभिनय छ ।

‘महाजात्रा’ आउँदो चैत ९ गते नेपालसहित विभिन्न देशमा एकसाथ रिलिज गरिँदै छ ।

ट्रेलर हेर्नोस्–

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro