site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीका मुद्दा चल्ने कार्यालयमध्ये २०० मा हिरासत पुस्तकालय
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीले मुद्दा चल्ने प्रहरी कार्यालयहरूमा ‘हिरासतमा पुस्तकालय’ अभियान सञ्चालनमा ल्याएको छ । हालसम्म नेपाल प्रहरीका २२१ वटा मुद्दा चल्ने कार्यालयमध्ये २०० कार्यालयमा हिरासत पुस्तकालय अभियान सुचारू गरिएको छ ।

तीमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत १९, कोसीअन्तर्गत ३८, मधेसअन्तर्गत ३५ र वाग्मतीअन्तर्गत २३ वटा हिरासत पुस्तकालय रहेका छन् ।

यस्तै, गण्डकीअन्तर्गत १५, लुम्बिनीअन्तर्गत ३७, कर्णालीअन्तर्गत १३ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत २० वटा हिरासत पुस्तकालय रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी कार्ययोजना, २०८० अन्तर्गत नवप्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप फौजदारी कसुरको अनुसन्धान गर्ने प्रत्येक प्रहरी कार्यालयहरूमा हिरासत पुस्तकालय अभियान सञ्चालन गरेको हो ।

विभिन्न मुद्दाको अनुसन्धान प्रक्रियाको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूमा सकारात्मक सोचको विकास गर्ने उद्देश्य अभियानको रहेको छ । छोटो समयमा नै अभियान प्रभावकारी हुँदै गएको छ ।

पुस्तकालयमा विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्रन्थ, कानुन, सामान्यज्ञानको साथै विभिन्न व्यक्तिका जीवन संघर्ष, जेल जीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा, सकारात्मक सोचका विषयमा लेखिएका पुस्तकहरू रहेका छन् ।

दैनिक जीवनमा आइपर्ने समस्या र समाधानका विषय समेटिएका पुस्तक पनि राखिएको प्रहरीले जनाएको छ । “हिरासतमा रहेकाहरूलाई समय कटाउन सजिलो होस् भन्ने अभिप्राय छ । उनीहरूलाई पढाइमा सहभागी गराई असल नागरिक बन्न उत्प्रेरित गर्ने उद्देश्य हो,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने ।

यसका साथै उनीहरूमा सकारात्मक सोचको विकास र मनोविज्ञानमा परिवर्तन आउने, हिरासतको समयलाई समेत उत्पादनशील र अध्ययन तथा ज्ञानवर्धक शिक्षामा सहयोग गर्न सहयोग पु¥याउने अपेक्षा प्रहरीले लिएको छ । प्रहरी हिरासतमा रहेकाहरूले लिएको पुस्तक भरपाइ गरी पढ्न दिने, पढिसकेपछि फर्काउने र अर्को पुस्तक पढ्न पाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

यसैगरी हालसम्म ७२ वटा कारागारमा समेत पुस्तकालय सञ्चालन गरिएको प्रहरीले जनाएको छ । तीमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत तीन, कोसीअन्तर्गत १४, मधेसअन्तर्गत पाँच, वाग्मतीअन्तर्गत १०, गण्डकीअन्तर्गत १०, लुम्बिनीअन्तर्गत १३, कर्णालीअन्तर्गत आठ र सुदूरपश्चिमअन्तर्गत ९ वटा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro