site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाँचपोखरी क्रिकेट क्लबले जित्यो उपाधि

काठमाडौं । छैटौँ संस्करणको पाँचपोखरी टी–ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी क्रिकेट क्लबले जितेको छ ।

शनिबार काठमाडौंको मुलपानीस्थित निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लबले ह्योल्मो–११ लाई १३ रनले पराजित गर्दै उपाधि चुमेको हो ।

फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लबले निर्धारित २० ओभरमा चार विकेटको नोक्सानीमा १६४ रनको योगफल तयार पारेको थियो ।

पाँचपोखरीका सार्थक धितालले ५२ बलमा ६ चौका र एक छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले । विवेक राना मगरले ३७, लाखपा लामाले १७ रन जोड्दा विजयकुमार धिताल १२ रन थपे । ह्योल्मो–११ का लाक्पा सोनम लामाले एक विकेट लिए ।

१६५ रनको विजय लक्ष्यका लक्ष्य पछ्याउने क्रममा ह्योल्मोले निर्धारित २० ओभरमा आठ विकेटको गुमाएर १५१ रनमात्र बनाउन सक्यो । ह्योल्मोका नाम्गेल शेर्पाले ४७ रन बनाए । विवेक तामाङले २२, दावा शेर्पाले २०, लाक्पा सोनम शेर्पाले १६ र विनोद तामाङले १२ रन जोडे ।

बलिङतर्फ पाँचपोखरी क्रिकेट क्लबका भुवन कुँवरले भुवन खड्काले तीन विकेट लिए । विवेक राणा मगर र विजयकुमार धितालले समान दुई÷दुई विकेट लिँदा सार्थक धितालले एक विकेट हात पारे ।

पाँचपोखरीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका सार्थक धिताल प्रतियोगिताको प्लेयर अफ दि सिरिज घोषित भए ।

प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्दा उपविजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा सिन्धुपाल्चोकका आठ टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro