site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नाइट क्लबकी युवतीमाथि सामूहिक बलात्कार, ट्याक्सी चालक पक्राउ

काठमाडौं । नाइट क्लबकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदम तामाङ छन् ।

प्रहरीका अनुसार तामाङसहित अर्का एक युवाले दरबारमार्गस्थित एक क्लबमा काम गर्ने युवतीलाई माघ २० गते काठमाडौंको गोठाटारस्थित एक होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको हो ।

पीडित युवतीको उजुरीको आधारमा तामाङ पक्राउ परेका हुन् । अर्का एक युवा फरार छन् ।

तामाङ क्बलकै युवतीहरूलाई राति घर पुर्‍याउने ट्याक्सी चालक हुन् । आफ्नै ट्याक्सीमा लिएका तामाङले मदिराले लठ्ठिएकी युवतीलाई होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ ।

उनीमाथि बलात्कार मुद्दामा प्रहरी वृत्त बानेश्वरले अनुसन्धान अघि बढाएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro