site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुवेतमा २२ हजारको जागिरमा लगाउने आश्वासन दिए, श्रीलंका पुर्‍याएर बन्धक बनाए !

काठमाडौं । कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मिया छन् ।

उनलाई मानव बेचबिखन नियन्त्रण ब्युरोको टोलीले मंगलबार नयाँ बसपार्कबाट पक्राउ गरेको हो । मियासहितको टोलीले पीडित युवातीलाई कुवेतमा घरेलु काममा लगाइदिने प्रलोभन देखाएर भिजिट भिसामा श्रीलंकाको कोलम्बो पुर्‍याएर बन्धक बनाइराखेको थियो ।

प्रहरीले उनको उद्धार गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा मियाले पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रुपैयाँ तलबमा घरेलु काममा लगाइदिने प्रलोभन देखाएर भारतको नयाँ दिल्ली हुँदै भिजिट भिसामा कोलम्बो पुर्‍याएको खुलेको छ ।

पक्राउ परेका मियालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro