site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसद अर्यालको प्रश्न : सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित नै बस्नुपर्ने हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित रहनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् । 

बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले जनताले बनाएका संरचनामा प्रयोग हुने छडजन्य सामग्रीहरूको गुणस्तर मापन हुन नसकेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले बनाउने संरचनामा गुणस्तर पास नभएका सामग्रीहरू प्रयोग भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराए । सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति आएको पनि बताए । गुणस्तरहीन सामग्रीहरुको प्रयोग बन्द गर्न आवश्यक रहेको उनको भनाइ छ । 

उनले भने, “जनताले प्रयोग गर्ने चिज हामीले त्यसलाई मापदण्डमा क्वालिटीमा ध्यान दिएका छैनौँ । र सरकारले बनाउने संरचनामा पास हुँदैन । सरकारले बनाउने संरचनामा त्यो पास हुँदैन, अरु ल्याएर बनाउने, अनि जनतालाई जे पनि बेच्ने भनेपछि त यो राज्य नभएको, सरकार नभएको जस्तो भयो । सिंहदरबार सबै सुरक्षित, बाहिर सबै असुरक्षितको स्थिति भयो । यहाँहरू निर्मम हुनुपर्छ, यहाँहरूले बन्द गरिदिनुपर्छ त्यस्ता गुणस्तरहीन छन् भने ।’
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय