site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडी ‘वर्ल्ड कार अवार्ड २०२४’ को शीर्ष तीनमा

काठमाडौं । विद्युतीय कार निर्माता बीवाईडी ‘वर्ल्ड कार अवार्ड २०२४’ को शीर्ष तीनमा परेको छ । स्वीट्जरल्यान्डको जेनेभामा फेब्रुअरी २६ मा आयोजित मोटर शोमा बीवाईडीका मोडल सिल र डल्फिनले ‘वर्ल्ड कार अफ द इयर’ र ‘वर्ल्ड अरबन कार’ श्रेणीको शीर्ष तीन स्थान हासिल गरेका हुन् ।

वर्ल्ड कार अवार्ड श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने आफू पहिलो र एक मात्र चिनियाँ कार निर्माता बनेको कम्पनीले जनाएको छ ।

वर्ल्ड कार अवार्ड, युरोपियन कार अफ द इयर र नर्थ अमेरिकन कार अफ द इयर विश्वभरका अटो निर्माताबीच परिचित अवार्ड हुन् । अटोमोटिभ ओस्कर समेत भनिने वर्ल्ड कार अवार्डमा पुग्नुको कारण गाडीको असाधारण प्रदर्शन नै भएको कम्पनीको भनाइ छ ।

बीवाईडीको सिल ‘युरोपियन कार अफ द इयर २०२४’ को अन्तिम चरणमा पुगेको थियो ।

सन् २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै बीवाईडी यस मामिलामा दोस्रो विद्युतीय कार निर्माता बनेको थियो । कम्पनीले सात महादेशका ७० देश र ४०० भन्दा बढी सहरमा सेवा विस्तार भएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro