site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

पूर्व–पश्चिम सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रकले गए राति करिब १ बजे हाल नामथर, वतन नखुलेका ५५/६० वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट ती व्यक्ति गम्भीर घाइते भएका थिए । उपचारका निम्ति उनलाई भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो । राति नै १ः५० बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

उक्त ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro