site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हंगेरीको नयाँ राष्ट्रपतिमा सुलयोक निर्वाचित
तस्बिर : रोयटर्स ।

काठमाडौं । हंगेरीका सांसदले सोमबार संवैधानिक अदालतका प्रमुख तामस सुलयोकलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेका छन् । १९९ मध्ये मतदानमा १४६ सांसद सहभागी थिए । पक्षमा १३४, विपक्षमा पाँच र सात मत बदर भएको थियो ।

अधिकांश विपक्षी सांसदले मतदानमा भाग लिएनन् । विपक्षी दलहरूले साझा उमेदवारलाई चुनौती दिने विषयमा सहमति जुटाउन सकेनन् ।

Dabur Nepal
NIC Asia

सुलयोकका पूर्ववर्ती क्याटालिन नोभाकले बाल दुर्व्यवहार माफीकाण्डपछि फेब्रुअरी १० मा राजीनामा दिएका थिए ।

सुलयोक पाँच वर्षको कार्यकालका निम्ति निर्वाचित भएका हुन् । मौलिक कानुनानुसार थप एक कार्यकालका लागि पुनः निर्वाचित हुन सक्नेछन् । उनको शपथग्रहण समारोह आउँदो मार्च ५ मा हुनेछ ।

सन् १९५६ मार्च २४ मा दक्षिणी हंगेरीको किस्कुनफेलेगिहाजामा जन्मिएका सुलयोकले कानुन र शिक्षा दुवैमा विशिष्टता हासिल गरेका छन् । १९८० मा सेजेडको जोसेफ एटिला विश्वविद्यालयबाट स्नातक गरेपछि उनले २००४ मा युरोपेली कानुन योग्यता र २०१३ मा पीएचडीका साथ आफ्नो कानुनी विशेषज्ञतालाई अगाडि बढाएका थिए ।

सुलयोकको व्यावसायिक यात्रामा न्यायिक लिपिक, कानुनी सल्लाहकार, वकिल र सेजेडमा अस्ट्रियाको मानार्थ कन्सुलरको भूमिका समेटिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro