देश
काठमाडौँ । न्याय परिषद्ले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । आइतबार बसेको परिषद्को बैठकबाट न्यायाधीशद्वय डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरिएको हो ।
परिषद् बैठकबाट ती दुवै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाइएको छ । थपलिया उच्च अदालतका र निरौला जिल्ला न्यायाधीश हुन् ।
व्यवसायी हितराज तामाङको मुद्दा मिलाउन घुस ‘डिल’ गरेका न्यायाधीश राजकुमार कोइरालालाई भने सचेत गराउने निर्णय गरिएको न्याय परिषद् स्रोतले जानकारी गराएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० १८:११
प्रतिक्रिया दिनुहोस्