site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मिटरब्याजपीडितलाई सरकारले बोलायो वार्तामा

काठमाडौं । सरकारले मिटरब्याजपीडितलाई वार्ताका निम्ति पत्र पठाएको छ । आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाललाई पत्र पठाउँदै बढीमा पाँचजनाको टोलीलाई गृह मन्त्रालयमा वार्ताका लागि बोलाइएको हो ।

मिटरब्याज समस्या समाधानका निम्ति मन्त्रालयबाट सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको भन्दै छलफलमा बोलाइएको छ । यसअघि पनि मिटरब्याजपीडितले पटक–पटक यस्ता आन्दोलन गरेका र वार्तापछि सहमतिअनुसार आयोग गठन गरेर काम गरिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

मिटरब्याजपीडितका तर्फबाट को–को वार्तामा जाने भन्ने नाम तय नभएको बताइएको छ । आजै बेलुका ५ बजेसम्म नाम टुंगो लगाइने मिटरब्याजपीडितको भनाइ छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालको नेतृत्व अवधेश कुशवाहले गरेका छन् । निर्ग नवीनलाई समितिको प्रवक्ता तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro