site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२६.८१ अंकले घटेर १९७९ विन्दुमा नेप्से

काठमाडौं । साताको पहिलो करोबार दिन आइतबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६.८१ अंकले घटेर बन्द भएको छ । नेप्से १.३३ प्रतिशतले घटेर १९७९.०२ विन्दुमा बन्द भएको हो ।

यस दिन तीन अर्ब आठ करोड ६९ लाख रुपैयाँको धितोपत्र खरिद–बिक्री भयो । कारोबारमा आएका मध्ये ३८ कम्पनीको सेयर मूल्य बढ्यो । २०६ कम्पनीको सेयर मूल्य घट्यो । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

१३ मध्ये उत्पादन तथा प्रशोधन र फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक १.४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.८० प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक २.४२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले *घटेको छ ।

*घटेको हुनुपर्नेमा यसअघि बढेको भएकाले सच्याइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro