site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
युक्त सुवेदी ‘सुयुक्ता’को गजल

किन खोजिरहन्छौ पानी मूलमा बसेर 
समय खेर नफाल्नू नि फजुलमा बसेर ।

म भने मान्छेभित्र मानवता खोज्दै छु 
के हेर्दै छन् भगवान् त्रिशूलमा बसेर । 

कस्तो रूप होला यस्तो मात जगाउने 
मधुरस बिर्सियो मनले फूलमा बसेर । 

मनमा प्रेमिका छिन् त तनमा श्रीमती 
के सहज हुन्थ्यो यस्तो चंगुलमा बसेर ।

Global Ime bank

वर्षौँको जिन्दगी सम्झिएँ दुई दिनको 
बिग्रिने रहेछ सबै यहीँ भुलमा बसेर ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu