site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसमका कारण इन्डिगोको जहाज लखनऊ डाइभर्ट, आन्तरिकतर्फ आंशिक प्रभावित  

काठमाडौं । प्रतिकूल मौसमका कारण इन्डिगोको जहाज लखनऊ डाइभर्ट गरिएको छ । काठमाडौंको प्रतिकूल मौसमको कारण बम्बईबाट आएको इन्डिगोको जहाज लखनऊ डाइभर्ट गरिएको विमास्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

यस्तै, अहिले काठमाडौंको आकासमा कतारबाट आएको कतार एयरवेजको जहाजले ओभरसुट गरिरहेको छ ।

Dabur Nepal
NIC Asia

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फका उडान पनि आंशिकरूपमा प्रभावित भएका छन् । चन्द्रगढी र सिमराबाट वायुसेवा कम्पनीकका जहाज काठमाडौं विमानस्थलमा अवतरण हुन नसक्दा डाइभर्ट भएका छन् । यद्यपि, उडान–अवतरण पूर्णरूपमा बन्द भएको छैन ।

काठमाडौंसहित देशका केही स्थानमा बिहीबार हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

अहिले वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । कर्णाली प्रदेशका केही स्थानमा पनि वर्षा भएको उनले बताइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro