site stats
बाह्रखरी :: Baahrakhari
खेल
नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको हो । नामिबियाका निकोलास डाभिनलाई नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले रनआउट गरे । 

जारी खेलको तीन ओभरको समाप्तीमा नामिबियाले एक विकेट गुमाएर १३ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्