site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको भागमा आएको मुख्यमन्त्री पार्टीले लिँदा केन्द्रीय नेतृत्वको टाउको किन दुखेको ?
SkywellSkywell

गोदावरी  । नेपाली कांग्रेस महासमिति सदस्य उषा गुरुङले कोसी प्रदेशमा कांग्रेसको भागमा आएको मुख्यमन्त्री पार्टीले लिँदा केन्द्रीय नेतृत्वलाई किन टाउको दुखेको भन्दै प्रश्न गरेकी छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रतिवेदनमाथिको छलफलमा उनले कांग्रेसको भागमा आएको मुख्यमन्त्री माओवादीलाई दिनेहरूलाई कारबाही गर्न नसकेको भन्दै असन्तुष्टि जनाइन् ।

उनले महामन्त्रीहरूको प्रतिवेदन पनि एक भएर आउन नसकेको भन्दै आलोचना गरिन् ।

KFC Island Ad
NIC Asia

उनले हारेकाहरूलाई मात्र पटकपटक पद दिने हो भने पार्टीभित्र न्याय र समानता नहुने बताइन् । “केन्द्रीय सदस्यमा मनोनीत गर्नुछ भने महाधिवेशनमा भाग लिन नदिउँ । केन्द्रीय समितिमा हार्ने अनि फेरि मनोनीत गर्ने ? यो मानमर्दन भयो न्याय र अन्याय छुट्याउनु पर्छ । यसको जवाफ दिनुपर्छ,” उनले भनिन् ।

उनले धर्म र जातको आगो लगाएर देश जलाउने काममा सांसद समेत रहेका केन्द्रीय सदस्यहरू लागिपरेको भन्दै आक्रोश पोखिन् । उनले देश एकल जात र धर्मको मात्र नभएको स्मरण गराइन् । कोसी प्रदेशको नामकरणमा विषयमा पनि आपत्ति जनाइन् । उनले खोला र पहाड मात्र देश नभएको टिप्पणी गरिन् । 

“संविधान विरोधी नबनौँ, एकल धर्म र एकल जातिको देश हैन । केन्द्रीय सदस्यको नेतृत्वमा देशलाई जातिय धर्म द्वन्द्वमा लाने काम भएको छ । यसको विरोध गरौँ,” उनले भनिन्, “कोसी नाम राख्ने काम हतारमा भएको छ । खोला पहाड मात्र देश होइन । नामकरण गर्दा पहिचानलाई पनि स्वीकार गरिनुपर्छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro