site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा डुबेर दुई बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुनसरी । सुनसरीको जब्दीस्थित मुरा खोलामा शनिबार (असार २१) पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर (विशु) परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र खतिवडाले जानकारी दिए ।

खोलाको दहबाट दुवै बालकलाई निकालेर प्रहरी टोलीले उपचारका निम्ति इटहरीस्थित सान्वी सिटी अस्पतालमा पुर्‍याएको थियो । अस्पतालले शनिबार दिउँसो दुवै बालक मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । रासस

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्