देश

काठमाडौं । धनुषाको विदेह नगरपालिका–२ वैदेहीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । बिहीबार साँझ ७ बजे भएको झडपमा सातजना सशस्त्र प्रहरी घाइते भएका छन् ।
“वैदेहीको दुहबीस्थित नेपाल–भारत सीमानजिक भिडन्त हुँदा सातजना सशस्त्र प्रहरी घाइते हुनुभएको छ,” जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वजरुणबहादुर सिंहले बाह्रखरीसँग भने, “घाइतको अवस्था सामान्य रहेको छ ।”
भिडन्तमा चार राउन्ड गोली र १३ सेल अश्रु ग्यास प्रहार भएको उनले जानकारी दिए ।
“शंका लागेर प्रहरीले सीमा क्षेत्रका घरमा खानतलास लिँदा तस्करहरूले आक्रमण गरेका हुन्,” डीएसपी सिंहले भने, “तस्करहरू कोही पनि नियन्त्रणमा छैनन् ।”
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ ०८:५४
प्रतिक्रिया दिनुहोस्