site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने चटारो

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आइतबार (असार २२) बस्दै छ । दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

बैठकमा विद्यालय शिक्षा विधेयकको विवादित दफामा सहमतिको प्रयास गरिनेछ । विधेयक टुंगोमा पुर्‍याउन समिति चटारोमा छ । समितिबाट पारित गरेर विधेयक प्रतिनिधिसभामा पेस गरिनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“असार २३ गतेको प्रतिनिधिसभामा पेस गर्न सकिन्छ कि सकिँदैन, २३ गते नभ्याए २४ वा २५ गते प्रतिनिधिसभामा पेस हुन्छ,” सभापति थापाले भने । 

यही असार १६ गते अन्तिम सहमति जुटाउन भन्दै समितिको बैठक बसेको थियो । तर, शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग वार्ता नमिलेको बताएपछि विधेयक समितिमा रोकिएको थियो ।

विशेष गरी पदपूर्तिको विषयमा सहमति जुट्न सकेको छैन । संसदीय समितिमा ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति छ । तर, शिक्षकले ७५ आन्तरिक र २५ प्रतिशत खुलाबाट पदपूर्ति गर्नुपर्ने अडान राखेका छन् ।

शिक्षकलाई सरकारले यसअघि विधेयक असार १५ भित्र पारित गरिने आश्वासन दिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०५:५७
प्रतिक्रिया दिनुहोस्