site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
बर्दियालाई हराउँदै कञ्चनपुरले जित्यो नेत्रहीन क्रिकेटको उपाधि
SkywellSkywell

काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा भएको नेत्रहीन क्रिकेट प्रतियोगिता–२०२४ को उपाधि दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुरले जितेको छ । 

मंगलबार बाँकेको कोहलपुरमा भएको फाइनलमा बर्दिया नेत्रहीन क्रिकेट संघलाई ८० रनले हराउँदै कञ्चनपुर प्रतियोगिताको च्याम्पियन बनेको हो ।

KFC Island Ad
NIC Asia

खेलमा कञ्चनपुरले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउने क्रममा बर्दियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १३७ रनमात्र जोड्न सक्यो । त्यसअघि टस जितेर ब्याटिङमा आएको कञ्चनपुरले निर्धारित २० ओभरमा २१७ रनको योगफल खडा गरेको थियो । 

फाइनलमा १०६ रनको शतकीय इनिङ खेलेका कञ्चनपुरका दुर्गादत्त पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

प्रतियोगितामा पदमबहादुर बडैला ‘ प्लेयर अफ द सिरिज’ चुनिए । उनले प्रतियोगिताभर ३१२ रन र चार विकेटको लिएका थिए ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि कोहलपुर नगरपालिका कार्यवाहक प्रमुख लालबहादुर रानाले विजेता तथा उपविजेता खेलाडीहरूलाई सिल्ड, मेडल तथा नगद पुरस्कार वितरण गरे । समापन समारोहमा उनले आगामी नगरपालिको बजेट तथा कार्यक्रममा अपाङ्गता खेलकुदलाई बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro