site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
र्‍याली अफ हिमालयज : रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी

काठमाडौं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयजको चौथो संस्करणअन्तर्गत रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी भएका छन् ।

राइडर साहले असोज १६ देखि २० गतेसम्म भारतमा आयोजित र्‍याली अफ हिमालयजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिब ६०० किलोमिटर दूरीमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।

Dabur Nepal
NIC Asia

टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी)का आधारमा र्‍याली अफ हिमालयजको विजेता छनोट गरिन्छ ।

एक कार्यक्रमबीच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । ट्रफी प्राप्त गरेपश्चात् साहले आफू नेपालको प्रतिनिधित्व गर्दै विजयी बनेकामा खुसी व्यक्त गरे ।

उनले सन् २०१७ र २०१८ मा पनि रेड डी हिमालय भाग लिएका थिए । २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए ।

र्‍याली याली अफ हिमालयज संसारकै सबैभन्दा चुनौतीपूर्ण मोटरस्पोर्ट्स इभेन्टमध्ये एक हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro