site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालका यी भूभागबाट बाहिरियो मनसुन

काठमाडौं । नेपालका केही भूभागबाट यो वर्षको मनसुन बाहिरिएको छ । आइतबार (अक्टोबर ६) सुदूरपश्चिमसहित कर्णालीका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

“मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ,” आइतबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने महाशाखाले जनाएको छ ।

नेपालबाट पूर्ण रूपमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । भित्रने औसत मिति जुन १३ हो । हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो पनि मनसुन बाहिरिने र भित्रने मौसमविद्ले बताउँदै आएका छन् ।

मनसुन बाहिरिने क्रम सुदूरपश्चिम प्रदेशबाट सुरु हुन्छ । त्यसपछि क्रमिक रूपमा कोसी प्रदेश हुँदै बहिर्गमन हुन्छ । यसको प्रवेश जुनमा कोसीबाट हुन्छ । विस्तारै त्यो फैलिएर सुदूरपश्चिमसम्म पुग्छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro