site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खोला किनारमा मानव कंकाल फेला, चारजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

झापा । झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङखोलाको किनारमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ ।

बाह्रदशी–७, बिरिङखोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

गएको जेठ १५ गते बाह्रदशी–५, फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएका थिए । उनी सम्पर्कविहीन भएपछि उनका बुवा भीम हजामले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते निवेदन दिएका थिए । उनको खोजी गर्ने क्रममा कंकाल भेटिएको हो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा बाह्रदशी–७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशीष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

बिरिङखोला किनारमा भेटिएको शव राजेशकै भएको उनको परिवारले सनाखत गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro