site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका निम्ति आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१औँ सिनेट बैठकबाट यस्तो निर्णय गरिएको हो ।

मन्त्री पौडेलले गएको साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरूमा पोस्ट ग्र्याजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने उल्लेख थियो ।

बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्न यो निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गरे । यसको प्रभावकारी कार्यान्वयनका निम्ति उनले प्रतिष्ठानलाई निर्देशन दिए ।

योसँगै अब देशभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४०० सम्म पोस्ट ग्र्याजुएट विद्यार्थीलाई अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । “सरकारी कलेजमा पोस्ट ग्र्याजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यस निर्णयबाट धेरै विद्यार्थी लाभान्वित हुनेछन्,” उनले भने ।

हाल प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरूमा ११२ विद्यार्थीले वार्षिक रूपमा पोस्ट ग्र्याजुएट अध्ययन गरिरहेका छन् ।

बैठकबाट यसअघि न्याम्सअन्तर्गत शैक्षिक आबद्धता लिएका आंगिक कलेज भरतपुर अस्पताल, कोसी अस्पतालसँगै नारायणी र भेरी अस्पताललाई समेत आबद्धता दिने निर्णय गरिएको छ । ती सबै अस्पतालका निम्ति आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरिएको हो ।

यसैगरी, मेची र गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका निम्ति समेत पोस्ट ग्र्याजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थपिएको छ । नर्सिङ क्याम्पस, भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामती नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्यम्पसका निम्ति समेत शिक्षक दरबन्दी स्वीकृत गरिएको उपकुलपति बस्नेतले जानकारी दिए ।

यस्तै, प्रतिष्ठानले चिकित्साशास्त्रतर्फको स्नातक तह (एमबीबीएस) अध्यापन थाल्ने निर्णय गरिएको छ । प्रतिष्ठानअन्तर्गत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिङ क्याम्पसलाई अब एमबीबीएस अध्ययन थाल्न यो निर्णयले बाटो खुला भएको उपकुलपति बस्नेतले बताए । रासस

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro