site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको मुम्बईमा आगलागी हुँदा सातजनाको मृत्यु
तस्बिर : एएनआई ।

नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एउटा भवनमा आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा सातजनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आइतबार बिहान आगलागी भएको थियो । मृतक सबै एकै परिवारका सदस्य थिए ।

भुइँतलामा पसल र पहिलोमा आवासीय एकाइ रहेको दुईतले भवनमा आगलागी भएको हो । घटना हुँदा उनीहरू सुतिरहेका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्