site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म

काठमाडौं । ईपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आउँदो २०८१ पुस २ गते सकिने भएको छ ।

सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको परीक्षामा ४७ हजार ५१९ जना सहभागी हुनेछन् । उक्त परीक्षा आउँदो चैत २४ गते सकिने ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् ।

उनका अनुसार, दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ । उक्त परीक्षा आउँदो २०८१ वैशाख ३१ देखि साउन १६ गतेसम्म सञ्चालन हुनेछ ।

यसैगरी, तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ परीक्षार्थी सहभागी हुनेछन् । उक्त परीक्षा २०८१ कात्तिक २६ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

सन् २०२३ का निम्ति कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा भइरहेको छ । दैनिक पाँच सिफ्ट तयार गरी दिनमा एक हजारजनाले परीक्षा दिन थालेको ईपीएस कोरिया शाखाका निर्देशक कँडेलले जानकारी दिइन् ।

उनले भनिन्, “पहिलो सिफ्टमा करिब ४७ हजार ५१९ जनाले कोरियन भाषा परीक्षा दिनेछन् । शनिबार पनि परीक्षा लिने गरी व्यवस्था मिलाएका छौँ । तीन चरणमा सञ्चालन हुने उक्त परीक्षा आगामी २०८१ पुस २ गते सकिन्छ ।”

परीक्षाको अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिंगर प्रिन्ट दर्ताका निम्ति उपस्थित हुनुपर्नेछ । परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले जानकारी दिए ।

परीक्षा समयभन्दा एक घण्टाअघि परीक्षा हलमा परामर्श सुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताइन् । उनका अनुसार, उक्त परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायत कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ ।

यसैगरी, परीक्षामा चिट, कपी गरेको तथा अरू अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका निम्ति परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro