site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मालीका कप्तान हमारी ट्रोरेलाई चार खेलमा प्रतिबन्ध 

काठमाडौं । रेफ्रीसँग खेल भावनाविपरीत व्यवहार गरेको आरोप पुष्टि भएपछि मालीका कप्तान हमारी ट्रोरेलाई चार खेलमा प्रतिबन्ध लगाइएको छ ।

३२ वर्षीय रक्षक ट्रोरेले अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा रेफ्रीमाथि अभद्र व्यवहार देखाएका थिए । आइभेरी कोस्टसँगको उक्त खेलमा ट्रोरेलाई खेलको अन्तिम ह्विसिलपछि रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए । मालीले आइभेरी कोस्टसँग २–१ को हार बेहोर्दा इजिप्सियन रेफ्री मोहम्मद अदेलसँग विवाद गरेपछि ट्रोरेलाई सहकर्मीले तानेर ल्याएका थिए । 

Dabur Nepal
NIC Asia

यस घटनामा मालीको फुटबल संघलाई पनि टिमका खेलाडीले म्याच अफिसियलहरूसँग अभद्र व्यवहार गरेका कारण १० हजार डलर जरिबाना गरिएको छ । यस्तै, आइभेरी कोस्टलाई पनि अभद्र व्यवहारका कारण पाँच हजार डलर जरिबाना गरिएको छ ।

यस्तै, सेनेगलका क्रेपिन डिएट्टालाई पनि अफ्रिका फुटबल महासंघको आलोचना गरेका कारण प्रतिबन्ध र जरिबाना गरिएको छ । अफ्रिका कप अफ नेसन्सको प्रि–क्वार्टरफाइनलमा आइभेरी कोस्टसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि उनले महासंघविरुद्ध बदनामपूर्ण प्रतिक्रिया दिएका थिए ।

यसैकारण २४ वर्षीय डिएट्टालाई चार खेलको प्रतिबन्ध र १० हजार डलरको जरिबाना लगाएको हो । टिमका खेलाडीहरूले अभद्र व्यवहार देखाएको भन्दै महासंघले सेनेगल फुटबल संघलाई समेत पाँच हजार डलर जरिबाना लगाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro