site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली क्रिकेट टिमले भारतका दुई टिमसँग त्रिकोणात्मक शृङ्खला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको दुई राज्यका टिमसँग ट्वान्टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार भारतमै हुने त्रिकोणात्मक शृङ्खलाको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नेपालले बरोडा र गुजरातका टिमसँग मार्च ३१ देखि अप्रिल ७ सम्म शृङ्खला खेल्ने छ । नेपालले मार्च ३१ मा गुजरातसँग खेल्दै शृङ्खलाको सुरुआत गर्ने छ ।

नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्ने छ ।

शृङ्खलाको शीर्ष दुई टिम उपाधिका लागि अप्रिल ७ मा भिड्नेछन् । शृङ्खलाका सबै खेलहरू भारतका वापीमा हुने छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिले घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृङ्खला खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालित त्रिदेशीय शृङ्खलामा नेपालसँगै, नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

Nep-vs-Gujrat-vs-Baroda-1708349274.jpeg
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro