site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणगढ–मुग्लिन सडकखण्ड : पहाड काट्ने काम अन्तिम चरणमा
फाइल तस्बिर ।

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकखण्डमा मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ । 

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको छ । उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटरमध्ये २७ मिटर पहाड काटिसकेको इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए ।

उक्त सडकखण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भइसकेको छ । अब एउटा पुल बनाउन बाँकी रहेको उनले बताए ।

पहाड काट्नको लागि फागुन १२ गतेसम्म समय दिइएको छ । उक्त सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक वर्षसम्ममा पुलको स्लायब ढलान गर्ने लक्ष्य रहेको आचार्यले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro