site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुपर र समाज लघुवित्तले अनिवार्य मौज्दात अनुपातसम्बन्धी निर्देशनको गरेनन् पालना

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको अनिवार्य मौज्दात अनुपातसम्बन्धी निर्देशनको पालना नगरेको पाइएको छ ।

आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरूको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदन’ अनुसार, यी दुई लघुवित्तले पुस मसान्तमा निर्देशन लागु नगरेको पाइएको हो ।

“यस बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूले कुल बचत दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८० पुस मसान्तमा सुपर लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाबाहेक अन्य सबै लघुवित्त वित्तीय संस्थाहरूले सो निर्देशनको पालना गरेको देखिन्छ,” प्रतिवेदनमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro