site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महालक्ष्मी विकास बैंक नेप्सेको ‘ए’ वर्गमा

काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को वर्गीकरणमा ‘ए’ वर्गमा परेको छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्तापुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको हुनुपर्नेछ । त्यस्तै, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दामाथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेस गरेका कम्पनीलाई नेप्सेले ‘ए’ वर्गमा राख्ने गर्दछ । 

Argakhachi Cement Island Ad

आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाहरू ‘ए’ वर्गमा पर्ने व्यवस्था रहेको र सोही बमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको हो ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ बैकले नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले १०३ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्