अर्थ व्यवसाय

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० ११:१३
प्रतिक्रिया दिनुहोस्