site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लघुवित्तलाई स्वस्थ बनाउन सरकारकाे गम्भीर पहलकदमी : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तलाई स्वस्थ बनाउन सरकारले गम्भीर पहलकदमी लिएको बताएका छन् । 

शनिबार काठमाडौंमा चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चासोको विषय भएको भन्दै सरकारले गम्भीर पहलकदमी लिएको बताए । 

Dabur Nepal
NIC Asia

उनले लघुवित्तलाई गरिबमुखी विपन्न नागरिक र महिलाहरुको आर्थिक उत्थान गर्ने माध्यमको रुपमा अघि बढाउनुपर्ने र राष्ट्र बैंकले उचित निगरानी गर्नुपर्ने बताए । अर्थमन्त्री महतले ऋण तिर्न नपर्ने भन्दै नागरिकको भावनामाथि खेल्न खोजिएको भन्दै यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे । 

केही प्रवृत्तिहरू लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेको उनको भनाइ छ । उनले यसमा सबै प्रतिवाद गर्न तयार हुनुपर्ने र सरकार पनि चुप लागेर नबस्ने स्पष्ट पारे । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro