site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सायम कलेजको खेलकुद सप्ताह, क्रिकेटमा ब्लास्टर्सले जित्यो उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । सायम ब्लास्टर्सले चौथो संस्करणको सायम प्रिमियर लिग (एसपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सायम कलेजको वार्षिक कार्यक्रमअन्तर्गतको खेलकुद सप्ताहमा बुधबार सम्पन लिगमा ब्लास्टर्सले सायम सिक्सर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

कीर्तिपुरस्थित ल्याबोरेटोरी माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विजेता सायम ब्लास्टर्स र उपविजेता सायम सिक्सर्ससहित सायम सुपर किङ्स र सायम च्यालेन्जर्स गरी चार टोलीले सहभागिता जनाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

वसन्त पञ्चमीका अवसरमा आयोजित खेलकुद सप्ताहमा क्रिकेटसँगै फुटसल, बास्केटबल, पाँच किमि दौड, टेबलटेनिस, ब्याडमिन्टनजस्ता इन्डोर र विविध खेल समावेश गरिएको थियो ।

कलेजका प्राचर्य अशोकराज पाण्डे र उपप्राचर्य विशाल श्रेष्ठले पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय