site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्याटजीपीटीले भनेका कुरा सम्झिन र बिर्सिन सक्ने

काठमाडौं । च्याटजीपीटीसँग गरेका कुराकानी अब उसले बिर्सिन वा सम्झिन सक्ने भएको छ ।

ओपनएआईको आर्टिफिसियल इन्टेलीजेन्स (एआई)मा आधारित च्याटबट च्याटजीपीटीमा नयाँ ‘मेमोरी कन्ट्रोल’ फिचर आउने भएको हो ।

बुधबार कम्पनीले केही निःशुल्क र ‘पेड’ प्रयोगकर्तामाझ यो फिचर परीक्षण गरेको छ । भविष्यमा यो फिचर सबै प्रयोगकर्तालाई उपलब्ध हुने बताइएको छ ।

यो कन्ट्रोल फिचरले प्रयोगकर्तालाई च्याटजीपीटीलाई केही कुरा सम्झिन वा सधैँका लागि बिर्सिन निर्देशन गर्न दिनेछ ।

च्याटजीपीटी जति धेरै प्रयोग गर्‍यो यो फिचर प्रयोग गर्न त्यति धेरै राम्रो हुँदै जाने कम्पनीको भनाइ छ । ओपनएआईले एक ब्लगपोस्टमार्फत यस्तो जानकारी दिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro