site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तिमी नहुँदा
Sarbottam CementSarbottam Cement

तिमी नहुँदा
खासै फरक परेको छैन ।
बिहान उदाएकै छ
दिन बितेकै छ  
रात परेकै छ
बस एक्लै हुँदा निद्रा पर्दैन
अरू खासै केही फरक परेको छैन ।

तिमी नहुँदा नि सबै उस्तै छ
हरेक दिन भात पाकेकै छ, 
मैले खाएकै छु
मिठो–नमिठोको कुरा अर्कै हो
अफिस पनि गएकै छु, काम गरी नै रहेको छु
बस अफिसबाट घर फर्किन हतार हुँदैन
अरू त खासै केही फरक परेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

तिमी नहुँदा
तिम्रा देउताहरूले प्रसाद पाएका छैनन्
घण्टी र आरती गुञ्जिएको छैन
चराहरूले चारो पाएका छैनन्
सिरक र सिरानीहरूले
घाम देख्न पाएका छैनन्
त्यो बाहेक सबै उस्तै छ
अरू खासै केही फरक परेको छैन ।

तिमी नहुँदा नि
घर उस्तै छ, बारी उस्तै छ
अरूले हेर्दा सब ठीक छ
बस ! म मात्र एक्लो भएको छु
अरू त खासै केही फरक परेको छैन ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC