site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंकले ल्यायो बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बिमा योजना

काठमाडौं । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बिमा सुविधासहितको परिमार्जित सुविधासहित कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

न्यूनतम मौज्दात एकहजार रहेको खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा, निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराउने बताइएको छ ।

बिमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालले २० हजारसम्मको स्वास्थ्य बिमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड छ ।

कुमारी बैंकले आफ्ना देशभरका ३०२ शाखा कार्यालय, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu