site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साढे ६ लाख रुपैयाँमा दुबई पठाउने भन्दै ठगी गर्ने डुलबहादुर पक्राउ

काठमाडौं । दुबई पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ का ६१ वर्षीय डुलबहादुर खड्का रहेका छन् । उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६ मा बस्दै आएका थिए ।

प्रहरीका अनुसार डुलबहादुरले सुमन केसीसहितका पीडितलाई ६ लाख ५० हजार रुपैयाँ लागतमा दुबई पठाउने आश्वासन दिएका थिए । उनले दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक ९० हजार रुपैयाँ तलब हुने बताएका थिए ।

तर, पीडितहरूबाट पटकपटक गरी तीन लाख रुपैयाँ लिइसकेपछि उनी सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ ।

उनलाई आइतबार काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरिएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro