site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सेतो पाना

अलका मल्ल


बहुरूप प्रतिभा बोकेको सेतो पाना
बुझ्नै गाह्रो आँकडा र सन्दर्भहरू
हेर्दा जाबो देखिने 
तौलमा फिस्टे
तराजुमा तौल निकाल्न गाह्रो एक पाना
दार्शनिकले अभिलेख कोर्न भ्याउने

एक रुपैयाँको सेतो पाना
संसार रच्न सक्ने वाह !
चमत्कारी अद्भुत

एक मुट्ठी रङ अनेक तरंग
चित्रकारले चित्र कोर्न सक्ने
एक निर्णयले जीवन परिवर्तन गर्ने
एक दस्तखतले संसार हल्लाउने

Global Ime bank

सफा हावा 
सङ्लो श्वास
दूषित हावा 
धमिलो प्रवाह
हरप्रसंग निबन्ध समेट्न सक्ने

प्रणय दिवस
अनुरागको खुलदुली लेख्न सक्छु
गहभरि नअटेका हर्ष
खुसियालीको इन्द्रेणीले
आकाश सजाएकी छु प्रिय

सेतो पाना रातो गुलाब
प्रणय दिवसको उपहार कोरेकी छु
लाग्छ, हाम्रै लागि बनेको
सेतो पाना
दुई आत्माको मिलन
अमर प्रेमको इतिहास रच्न
हस्ताक्षरको मजबुत प्रमाण समेटेकी छु
प्रियतम तिमीलाई
(काठमाडौं)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu