site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्यानडाविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौं । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा आज नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गर्दै पाहुना टिमलाई फिल्डिङको निम्तो लिए ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्