site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : यी हुन् वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयन

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९ को वर्ष युवा खेलाडीको मनोनयन सार्वजनिक भएको छ । 

आयोजक मञ्चले मंगलबार अवार्डको २०औँ संस्करणको वर्ष युवा खेलाडीको मनोनयमा पर्न सफल आठजनाको नाम सार्वजनिक गरेको हो । वर्ष–२०७९ को युवा खेलाडीको मनोनयमा बक्सिङका विजय बाटा, क्रिकेटका देव खनाल, क्रिकेटकै दीपेश कँडेल, एथ्लेटिक्सकी राममाया बुढा, गल्फका सद्भाव आचार्य, फुटबलकी सुजाता तामाङ, फुटबलकै युनेश बुढाथोकी र बक्सिङकी सुष्मा तामाङ मनोनयमा परेका छन् ।

मञ्चले यसअघि वर्ष युवा खेलाडीमा पाँचजना मनोनयन सार्वजनिक गर्दै आएको थियो । तर, यस संस्करणदेखि नयाँ प्रयोग सुरु गरेको मञ्चले आठ खेलाडी पहिलो चरणको मनोनयनमा राखेको छ । जसबाट केही दिनपछि शीर्ष तीनजना छानिने र अवार्डको दिन उक्त तीनजनाबाट विजेता चुनिने मञ्चले जनाएको छ । 

Dabur Nepal
NIC Asia

यस्तो छ मनोनयनमा परेका खेलाडीको प्रदर्शनः
विजय बाटा (बक्सिङ)

– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा पुरुषतर्फ कांस्य पदक विजेता खेलाडी
– नवौँ राष्ट्रिय खेलकुदमा रजत पदक जित्न सफल 

देव खनाल (क्रिकेट)
– नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न सफल 
– देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल
– पाँच खेलको तीन इनिङ्समा ६५ माथिको औसतमा १९७ रन बनाउन सफल 
– कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल 
– उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता 

दीपेश कँडेल (क्रिकेट)
– आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको फाइनलमा युएईविरुद्ध ह्याट्रिक विकेट 
– यूएईलाई जितका निम्ति तीन ओभरमा ११ रन आवश्यक हुँदा दीपेशले ४८औँ ओभरमा बलिङ मोर्चा सम्हाल्दै पहिलो तीन बलमा तीन रन मात्र दिए । त्यसपछि लगातार तीन विकेट लिई ह्याट्रिक पूरा गरेर आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको उपाधि दिलाउन सफल । फाइनलमै पाँच विकेट लिन सफल ।
– नेपालले चार खेलमा १२ विकेट लिन सफल 

राममाया बुढा (एथलेटिक्स)
– १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत (महिला जुनियर ६ किमी)
– एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण विजेता
– गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण र पाँच किमीमा रजत 
– देवदह हाफ म्याराथनमा स्वर्ण 
– राइट टू प्रोटिन रनमा रजत 
– दोस्रो वीर गणेशमान सिंह १० किमी, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस पाँच किमी रोड रेसमा रजत 
– तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको तीन हजार मिटर दौडमा स्वर्ण 

सद्भाव आचार्य (गल्फ)
– सुवास तामाङसँग मिलेर नेपाल टूरिजम कप र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा स्वर्ण जित्न सफल 
– नवौँ राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबका लागि स्वर्ण, व्यक्तिगतमा रजत जित्न सफल

सुजाता तामाङ (फुटबल)
– २०७९ कात्तिकमा बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि विजेता 
– साफ यू–१५ च्याम्पियनसिपकी उत्कृष्ट गोलकिपर । चार खेलमध्ये तीन खेलमा क्लिनसिट राख्न सफल     
– बंगलादेशसँग १–१ को बराबरी खेलमा पेनाल्टी बचाउन सफल गोलकिपर 
–२०७९ चैतमै बंगलादेशमा भएको साफ यू–१७ महिला च्याम्पियनसिपमा पनि उत्कृष्ट गोलकिपर घोषित । एक क्लिनसिट राख्न सफल 

सुष्मा तामाङ (बक्सिङ)
– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत
– नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जित  ।
– एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट 
– नवौँ राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वाग्मती प्रदेशका लागि स्वर्ण
– विश्व महिला बक्सिङ च्याम्पियनसिप, भारतमा सहभागी  

युनेश बुढाथोकी (फुटबल)
– श्रीलंकाको कोलम्बोमा भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा उपविजेता
– नेपाललाई साफ यू–१७ च्याम्पियनसिपको फाइनल पुर्‍याउन महत्त्वपूर्ण योगदान 
– च्याम्पियनसिपमा संयुक्त रूपमा सर्वाधिक चार गोल गरेका थिए । समूह चरणमा भुटान र भारतविरुद्ध १–१ तथा सेमिफाइनलमा श्रीलंकाविरुद्ध दुई गोल गर्न सफल 
– भारतसँग एक गोलले पछि पर्दा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ३–१ ले जित्न सफल 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro