site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरको एकै गाउँमा १३० जनामा भाइरल ज्वरो, एकजनाको मृत्यु

काठमाडौं । मकवानपुरको एकै गाउँमा भारइल ज्वरोका कारण १३० जना बिरामी भएका छन् । राक्सिराङ गाउँपालिका–९, टर्लिङमा पाँच दिनअघिदेखि फैलिएको भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ । 

सोमबार साँझसम्म टर्लिङ गाउँका १३० स्थानीयमा भाइरल ज्वरो देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

ज्वरोका कारण गएको शुक्रबार टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत नवदीप सिलवालले जानकारी दिए । नगरकोटीको खैराङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । 

एकै गाउँमा ठूलो संख्यामा भाइरल ज्वरो फैलिएपछि चिकित्सकसहित राक्सिराङ गाउँपालिका कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ । 

बिरामी हुनेमा बालबालिकादेखि सबै उमेरका स्थानीय छन् । बिरामीमा ज्वरो आउने, वाकवाकी लाग्ने, रुघाखोकी तथा छाती दुःख्ने लक्षण देखिएका छन् । दूषित पानीका कारण भाइरल ज्वरो फैलिएको हुन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ । यसको आधिकारिक रिपोर्ट भने आइनसकेको जनस्वास्थ्य अधिकृत सिलवालले बताए । 

ज्वरो फैलिएको गाउँ खैराङ स्थानीय स्वास्थ्य चौकीबाट दुई घण्टाको पैदल दूरीमा छ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro