site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्रका गीत चल्नै छाडे, के हो कारण ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्ला केही दशकयता नेपालमा तुलनात्मक रूपमा अक्सर चलचित्रका गीत लोकप्रिय छन् । आधुनिक, पप तथा एकाध लोकगीतलाई छोड्ने हो भने लोकप्रिय हुनेमा चलचित्रका गीत नै छन् । केही समययता चलचित्रका गीतलाई पनि बजार लिन कठिनाइ भइरहेको छ । ठूलो संख्यामा चलचित्रका गीत सार्वजनिक भइरहे पनि लोकप्रिय हुन सकिरहेका छैनन् ।

समग्रमा सिनेमा निर्माणको बजेट बढ्दा त्यसभित्रको संगीतको नबढ्नु चलचित्रमा लोभलाग्दा लोकप्रिय गीत नआउनुको मुख्य कारणमध्ये एक भएको संगीतकार कालीप्रसाद बास्कोटा बताउँछन् । सिनेमाको स्क्रिप्ट, कलाकारको पारिश्रमिक, साउन्ड, प्रोडक्सनदेखि सिनेमामा धेरै विधामा लगानी बढाइएको छ । संगीतमा गरिने लगानी भने नबढेको र त्यसको असर ‘क्वालिटी’मा परिरहेको उनको ठहर छ ।

“सिनेमालाई दिने गीत आफ्नो युट्युब च्यानलमा राख्यो भने उसले राम्रो होइन, सामान्य मात्रै चल्यो भने पनि मेकरले दिने पारिश्रमिकभन्दा धेरै राम्रो रोयल्टी युट्युबबाट आउँछ भने उसले किन अरूलाई दिन्छ ?,” कालीप्रसाद प्रश्न गर्छन्, “सिनेमाका लागि दिने गीत अहिले आफ्नै युट्युब च्यानलमा रिलिज भइरहेका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

फिल्ममेकरले सिनेमामा प्रयोग गर्दा र युट्युबमा अपलोड गर्नुमा खासै धेरै भिन्नता नरहेको उनको बुझाइ छ । “सिनेमाका प्रयोग हुने गीत पनि युट्युबमै राख्ने हो । त्यहाँबाट पाउने माइलेज एउटै हो । प्रायः प्रचार अहिले सामाजिक सञ्जालबाटै हुने हो,” उनी भन्छन् ।

वर्षौँदेखि एकै खालका गीत आउनु यसको अर्को कारण रहेको उनी बताउँछन् । सिनेमा गीतको अहिलेको प्यार्टन परिवर्तन नभएसम्म लोकप्रिय हुन मुस्किल हुने उनको भनाइ छ ।

Global Ime bank

“६/७ वर्षदेखि एउटै प्याटर्नका गीत आइरहेका छन् । यसमा अपडेट आवश्यक छ भन्ने लाग्छ,” कालीप्रसाद अगाडि थप्छन्, “सिनेमाको गीत प्रायः प्रोमोसनका लागि प्रयोग गरिरहेको पाइएको छ । यसमा पनि परवर्तन आवश्यक छ ।”

अर्को कारण, पछिल्लो समय स्रोता–दर्शकले आ–आफ्नो रुचिअनुसार कसको गीत सुन्ने उसलाई मात्र फलो गर्ने प्रचलन बढ्दो छ । यसले पनि एउटै गीत धेरै लोकप्रिय नहुने गरेको उनको बुझाइ छ ।

संगीतकार अर्जुन पोखरेल चलचित्रका गीतका केही टुक्रा टिकटक हुँदा त्यहाँबाट चल्ने गरेको सुनाउँछन् । अहिले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएकाले त्यो सम्भावना नरहेको उनी बताउँछन् । अहिले पनि चलचित्रका केही गीतका टुक्रा टिकटकमा हिट हुने खालका रहेको उनको भनाइ छ ।

“टुक्राटाक्री मात्रै चल्ने भए त अहिले पनि टिकटक भएको भए केही गीतका टुक्रा चल्थे,” उनी भन्छन्, “तर, समग्र चल्ने गीत नै नआएको थुप्रै भइसकेको छ ।”

पहिलापहिला सिनेमाको सिंगो गीत नै लोकप्रिय हुन्थ्यो । पछिल्लो समय त्यस्तो नरहेको उनी बताउँछन् । स्रोतादर्शकको रुचिअनुसारका नआउनु पनि केही समयता सिनेमाका गीत नचल्नुको मुख्य कारण भएको उनको ठहर छ । 

एकै खालका आउनु पनि सिनेमाका गीत लोकप्रिय नहुनुको अर्को कारण रहेको अर्जुनको निष्कर्ष छ । “पछिल्लो समय चलचित्रको होस् अथवा लोकलयको, एकै खालका गीतको बाढी लाग्ने गरेको छ । सुन्दा एकै खालको जस्तो लाग्ने, कम्पोज पनि एकै खालको, लभ सङ आयो भने एकरूपता देखिने खालका गीत आउनु पनि अर्को कारण हो,” अर्जुन भन्छन्, “गीतमा फरकपन नै देखिएन । भिन्न सिनेमाको गीतमा पनि फरकपन नदेखेपछि एकपटक सुनेर त्यस्तै त र’छ नि भन्ने भयो । नयाँपन नआएसम्म त्यसले नयाँ छाप छोड्न सक्तैन ।”

चलिरहेका र भइरहेका भन्दा फरकखालको आउन सक्ने तर सिनेमाका गीतमा निर्माता तथा निर्देशक हाबी हुने गरेको उनी बताउँछन् । मेकरले कसरी र कस्ता गीत छान्छन् भन्ने विषयले ठूलो अर्थ राख्ने उनको धारणा छ ।

“एउटा गीत चलेपछि त्यस्तै गीत चाहियो भनेर माग्ने चलन छ । फलानोजस्तै गीत चाहियो भनेर मागेपछि त त्यही गीतको रूपरेखा त आउँछ नै,” अर्जुन भन्छन्, “तर, दर्शकस्रोताले त्यस्तो गीत सुनिसकेका छन् । दर्शक तथा स्रोतालाई फरक खालको गीत चाहिएको छ । तर, फिल्ममेकरहरूलाई भने यसअघि जुन गीत चलेको छ, त्यस्तै गीत चाहिएको छ ।”

गीत नै इंगित गरेर त्यस्तै चाहियो भनेपछि करिबकरिब उस्तै बन्ने र नयाँपन नदेखिने उनी बताउँछन् । “यसरी बनेको गीतमा उस्तैउस्तै छनक देखिन्छ,” उनी स्पष्ट पार्छन् ।

चलचित्रका गीत लोकप्रिय नहुनुको अर्को कारण सिनेमाका र सिंगल ट्रयाकमा धेरै भिन्नता नभेटिनु पनि हो । “अहिले सिंगल ट्रयाक पनि उस्तै बनाउने र सिनेमाको ट्रयाक पनि उस्तै बनाउने चलन छ,” अर्जुन अगाडि थप्छन्, “त्यसैले अहिले सिनेमाको गीत छोड्दा पनि सिंगल ट्रयाक छोड्दाभन्दा फकर टेस्टले दर्शकले पाउन छोडे ।”

सिनेमाका गीतमा स्टोरीप्ले हुने तर त्यहीअनुसारको ल्याबिस सिन नखिच्नु पनि नचल्नुको अर्को कारण रहेको उनको निष्कर्ष छ । चलचित्रमा भन्दा सिंगल ट्रयाकमा प्रोडक्सन र सिन ल्याबिस हुँदा सिनेमाका गीतको पर्खाइ नहुने गरेको उनी स्पष्ट पार्छन् ।

“चलचित्रको गीत आओस् कि सिंगल ट्रयाक, दर्शकमा प्रतीक्षा हुनै छाडेपछि गीत लोकप्रिय हुने कुरै भएन,” उनी भन्छन्, “यसतर्फ गीतकार, संगीतकार, एरेन्जर तथा निर्माता/निर्देशकले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ ।”

सिनेमाको कथा जसरी नयाँ खोजिन्छ, त्यसैगरी गीत पनि खोज्नुपर्नेमा उनको जोड छ । नयाँ कथामा पुरानै ढर्राको गीत अब नचल्ने उनको ठम्याइ छ ।

अहिले पनि कम्पोजरसँग बजारमा लोकप्रिय हुने खालका नयाँ प्रयोग गरिएको धेरै गीत रहेको अर्जुन बताउँछन् । “गीत सकिने भन्ने हुँदैन, एउटापछि अर्को नयाँ कम्पोज आउँछ नै । यो स्वाभाविक प्रक्रिया हो,” अर्जुन भन्छन्, “हामीमा कम्पोज मात्रै होइन, शब्दमा पनि कमजोरी छ । ६० प्रतिशत गीतका शब्द उस्तैउस्तै हुन्छन् । साहित्यक हिसाबले विम्ब र प्रतीकको प्रयोग गरेर गीत लेख्ने गीतकारको संख्या पनि निकै कम छ ।”

अहिले लाइभ म्युजिक खोजिरहेको समयमा चलचित्रका कालजयी गीत आउने सम्भावना कम हुने उनी सुनाउँछन् । मेकरले फरक खालको खोजेको अवस्थामा दर्शकको रुचिअनुसारका गीत आउने उनको भनाइ छ ।

संगीतकार एसडी योगी क्वालिटी म्युजिकभन्दा ‘भाइरल’ गीतका पछि लाग्ने प्रवृत्ति बढेको बताउँछन् । राम्रोभन्दा ‘भाइरल’ हुने कसरी बनाउने भन्नेतर्फ केन्द्रित हुनु नै राम्रा गीतसंगीत नआउनुको कारण रहेको उनको बुझाइ छ ।

यसको पछाडि फिल्ममेकरको पनि भूमिका रहेको उनी औँल्याउँछन् । “पछिल्लो समय सिनेमाका गीत लोकप्रिय नहुनुको कारण गीतमा क्वालिटी नहुनु नै हो,” उनी भन्छन्, “यसमा पछाडि मेकरको पनि हात छ भन्ने लाग्छ । मेकरलाई राम्रोभन्दा पनि भाइरल गीत चाहिएको छ ।” 

सिनेमाको कथा एकातिर हुने, गीत भने भाइरल माग्ने गरिएको उनी बताउँछन् । सिचुएसनअनुसार हुनुपर्नेमा त्यसतर्फ ध्यान नदिने र ‘चल्ने’ चाहियो भनेर मेकरले गीत माग्ने गरेको उनको भनाइ छ ।

“गीत कस्तो चाहिएको भनेर त्यहीअनुसारको बनाउन लगाउनुभन्दा पनि अहिले कसको गीत चलिरहेको छ भनेर कम्पोजर खोज्ने चलन छ,” एसडी भन्छन्, “सिचुएसन एकातिर हुन्छ, गीत अर्कैतिर हुन्छ ।”

पर्याप्त समय नपाउनु पनि यसको अर्को कारण रहेको उनी बताउँछन् । समय दिएर गीत तयार पार्न लगाउनुपर्नेमा भइरहेका सुनेर त्यसमध्येबाट सिनेमा मेकरले लिने गरेको उनको अनुभव छ ।

प्राविधिक रूपमा गीत कमजोर हुनु, शब्दमा विचार नगर्नु, कम्पोजरलाई पर्याप्त समय नदिनु र क्लिकबेटमा ध्यान दिनु नै चलचित्रका गीत लोकप्रिय नहुनुको मुख्य कारण रहेको एसडीको ठहर छ ।

“पछिल्लो समय युट्युब भ्युजलाई गीतको सफलता मापक मान्ने गरिएको छ । त्यसैले दुई दिन गाउने, उफ्रिने गीतको पछाडि लाग्दा पनि लामो समय रहिरहने क्वालिटी गीत आउन नसककको जस्तो लाग्छ,” उनी स्पष्ट पार्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC