site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कश्मीर एकता दिवस : पाकिस्तानी दूतावासले काठमाडौंमा चलायो छलफल

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले कश्मीर एकता दिवसको अवसर पारेर काठमाडौंमा छलफल कार्यक्रमको आयोजना गरेको छ । दूतावासले 'कश्मीर एकता दिवस : निरन्तरको दमनमा अविचलित लचकता' शीर्षकमा छलफल चलाएको हो ।

छलफलमा पत्रकार, लेखकसहित मानव अधिकारकर्मीका विभिन्न समूहले भाग लिएका छन् । उनीहरूले आत्मनिर्णयको अधिकारका लागि कश्मीरी जनता संघर्षको सम्बोधनका विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश प्रस्तुत गरिएको थियो ।

Kasasgthj-1707145192.jpg
 

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले पछिल्लो ७६ वर्षमा आत्मनिर्णयको संघर्षमा कश्मीरहरूको लचिलोपनको प्रशंसा गरेका थिए । उनले कश्मीरलाई लिएर ५ अगस्ट, २०१९ मा भारतले चालेको कमदको निन्दा गरेका छन् । भारतकै कारण कश्मीरीहरूले आफ्नै भूमिमा शक्तिहीन बनाएको बताएका छन् ।

प्रधानमन्त्री अनवर–उल–हक काकरले कश्मीरी जनताका लागि पाकिस्तानको अटुट समर्थन रहेको सन्देश दिएका थिए ।

Kad-1707145191.jpg
 

पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीले आत्मनिर्णयका लागि कश्मीरी जनताको संघर्षमा पाकिस्तानको अटुट समर्थन रहेको बताएका छन् । उनले भारतले कश्मीरी जनतालाई आधारभूत मौलिक अधिकारबाट वञ्चित गरेको भन्दै निन्दा गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीले जम्मू–कश्मीरका जनताको आत्मनिर्णयका अन्तर्राष्ट्रिय समुदायको भूमिकामा जोड दिए ।

Kasas-1707145191.jpg
 

छलफलमा सहभागीहरूले कश्मीको अधिकारका लागि अन्तर्राष्ट्रिय समुदायको महत्त्वबारे विचार राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro