site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मी आहारारा गोल्डकप च्याम्पियन

काठमाडौं । २३औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा पाँचपटकको उपाधि विजेता थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्दै आर्मी पहिलोपल्ट च्याम्पियन बनेको हो ।

आर्मीलाई उपाधि दिलाउन जितेस्पीजंग कार्कीले खेलको ३८औँ, फत्तेमान घलेले ८३औँ मिनेट र वसन्त जिम्बाले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे ।

उपाधिसँगै आर्मीले १२ लाख एक हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेतामा चित्त बुझाएको थ्री स्टारले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्‍यो ।

सहारा क्लब पोखराको आयोजनामा सञ्चालित प्रतियोगितामा एक विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गरेका थिए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro